Saturday, January 18, 2025
Home > मुख्य समाचार > म्याङलुुङ–बसन्तपुर सडक यो हालतमा

म्याङलुुङ–बसन्तपुर सडक यो हालतमा

तेह्रथुमको सदरमुकाम जोड्ने एक मात्र म्याङलुुङ–बसन्तपुर सडक अबिरल बर्षाका कारण हिलाम्मे भएपछि यात्रुहरु लाई सास्ती भएको छ । बसन्तपुर देखि म्याङलुङ्ग सम्मको २६ किलोमिटर सडक निर्माण भएको ३० वर्षभएपनि र्ममतमा ध्यान नदिदा बर्खायाम सुरु हुने बित्तिकै सडक पुरै हिलाम्मे हुदा जिल्लाबासीलाई सास्ती भोग्न बाध्य छन । कोसी पहाडी राजमार्ग अन्र्तगत धरान, धनकुटा, बसन्तपुर हुदै म्याङलुङ सम्म चल्ने दर्जनौ यातायातका साधनहरु सडक बिग्रिएका कारण बिच बाटोमा समेत रोकिने गरेका छन् । यो सडकमा अरबौं रुपैया खर्च गरेर ५ वर्ष अघि गरिएको ओटासिल समेत क्षतबिक्षत भएको छ । सडकको अवस्था नाजुक भएकाले सवारी साधनलाई समस्या भएको ट्याक्सि चालक विनोद आचार्यले बताउनुभयो । ठेकेदारले गुणस्तरीय काम नगर्दा सडक बर्षेैपिच्छे बिग्रने गरेको स्थानीयको भनाई छ । सडक हिलाम्मे भएपछि छथर र लालीगँुरास नगरपालिकाबासीलाई जिल्ला अस्पतालसम्म आवत जावत गर्न समस्या परेको छ । बर्खा लागेदेखि सडक हिलाम्मे भएकाले एम्बुलेन्स चल्न समेत कठिन भएको रेडक्रस तेह्रथुमका सभापति श्रीकृष्ण दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *