Saturday, January 18, 2025
Home > मुख्य समाचार > मेरी क्रिशमस

मेरी क्रिशमस

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । क्रिसमस पर्वको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने राष्ट्रपतिको विश्वास छ । यसैगरी प्रधानमन्त्री केपी शर्माले पनि क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गर्नुभएको छ । इसाई धर्मावलम्बीहरुले येशुको कन्या (मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वासका साथ यो पर्व मनाउने गर्छन् । तत्कालीन समयमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको भनाइ छ । येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उहाकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिन्छ । क्रिसमस इसाई धर्मावलम्बीको विशेष पर्व हो । यसलाई देश तथा विदेशमा भव्य रुपमा मनाइने गरिन्छ । प्रत्येक वर्र्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीले शुद्ध हृदयदेखि नै येशुको प्रशंसा तथा प्रार्थना गरी अङगुरको झोल पिउने र केक काट्ने परम्परा छ । आजका दिन इसाई धर्मावलम्बीले येशुको सम्झना गर्दै गिर्जाघरमा एकचित्त भएर भोज खाने तथा मनोरञ्जन गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *