Saturday, January 18, 2025
Home > मुख्य समाचार > मेचीपारीको झोलुङ्गे पुल तीन बर्षदेखि अलपत्र

मेचीपारीको झोलुङ्गे पुल तीन बर्षदेखि अलपत्र

झापा, २९ मंसिर । झापाको भद्रपुरस्थित झोलुङ्गे पुलको निमार्ण तीन बर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीको चरम लापरवाही र सम्बन्धित निकायको वेवस्ताका कारण झण्डै तीन करोड लागतकोे झोलुङ्गे पुल अलपत्रमा पारिएको हो ।

जनभावना बमोजिम काम गर्ने विश्वासका साथ जनताकै मतले चुनिएका जनप्रतिनिधिले समेत जनताका समस्यामा चासो नदेखाउँदा तीन बर्षअघि शिलान्यास भएको झोलुङ्गे पुल बन्नेमा अझै अनिश्चित छ । १८ महिनामा काम सक्नु पर्ने निर्माण कम्पनीले ३९ महिना बितिसक्दा पनि पुल नबनाउँदा यहाँका जनता निराश देखिएका छन् । ठेकेदारकै चरम लापरवाहीले मेची नदीको झोलुङ्ग पुललाई अलपत्रमा पारिएको र यसतर्फ कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

तत्कालिन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का आवहन गरेको थिए ।२ करोड ८५ लाख ९८ हजारमा निल गिरी सेवा प्रा.(लि) काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो । २ सय ८० मिटर लामो र १३ मिटर चौढाई सहितको झोलुङ्गे पुलको निर्माण कार्य १८ महिनामा सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए । तर अहिले ठेकेदार डाँगी निर्माण कार्यलाई अलपत्रमा छाडेर बेपत्ता भएका छन् । १८ महिनामा सक्नु पर्ने पुलको काम ३९ महिना बितिसक्दा दुई वटा पिलरमात्र बनेको छ । पुल नहुदा मेचीपारीबासीलाई बर्खाको समयमा आवतजावत गर्न र स्थानीय आधारभुत सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई समस्या भएको छ । विद्यालयमा पढाउन जाने शिक्षकहरुले बर्खामा ज्यान जोखिममा पार्दे खोला तर्नुपर्ने बाध्यता छ । भद्रपुर नगरपालिका वडा नम्बर ३का सदस्य अरुण राजवंशीका अनुसार निर्माण कम्पनीलाई दवाव दिने काम भइरहेको छ । आउने बर्खा अगाडि पुल बनाउने निर्माण कम्पनीले प्रतिवद्धता जाहेर गरेको उनले बताएका छन । तर स्थानीय भने पुल बन्नेमा विश्वस्त हुन सकिरहेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *