Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > मेङ्ग वाङ्जु धरौटीमा रिहा

मेङ्ग वाङ्जु धरौटीमा रिहा

एजेन्सी । चिनियाँ मोबाइल कम्पनी हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा हुनुभएको छ ।

क्यानडामा पक्राउ परेकी मेङ्गलाई स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको हो । उहाँ डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ पर्नुभएको थियो । मेङ्गमाथि रहेको ठगीको आरोपको सुनुवाइका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना छ । हुवाई र स्काइ कम कम्पनीबीचको सम्बन्धका बारेमा गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ । हुवाई र स्काइ कमले इरानमा व्यवसाय गरेका थिए । तर मेङ्गले सुनुवाइका क्रममा दुई कम्पनी भिन्दाभिन्दै रहेको दाबी गर्नुभएको थियो । अमेरिकाले भने हुवाई र स्काइकम सम्बन्धित रहेको जनाएको छ । यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले उल्लंघन भएको अमेरिकी दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *