बारा, ९ पुष । बाराको जीतपुरसिमरा उपमहानगरपालिका स्थित मालपोत कार्यालय सिमरामा पनि अनलाईन सेवा सुरु भएको छ ।
मालपोत कार्यालयमा आयोजित एक समारोहका बिच भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दबाडीले अनलाईन सेवाको उद्घाटन गर्नुभयो । मालपोत कार्यालयले दिने सेवालाई सरलीकरण गर्ने उद्देश्य सहित अनलाइन सेवा शुरु गरेको उहाँले बताउनुभयो । विभागका महानिर्देशक दबाडीले मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव रहेको बताउँदै केहि समयभित्रै यस समस्याको समाधान गरी छिटो र छरीतो तरीकाले जनतालाई सेवा दिन प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हस्त लिखित प्रक्रियाबाट अनलाइन प्रक्रियामा जान कर्मचारीहरुलाई केहि समय लाग्ने भएकोले केही समय सेवामा सुस्तता आउने उल्लेख गर्नुभयो । हालसम्म ४६ वटा मालपोत कार्यालयमा अनलाइन सेवा सुरु भइसकेको छ ।