Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयास आवश्यक’

‘मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयास आवश्यक’

काठमाडौ, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ ।

मन्त्री ज्ञवालीले नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहेपनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने पनि स्पष्ट पार्नु भयो । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पूर्व राजदुत शम्भुराम सिंखडाको पुस्तक ‘ह्यूमन राईट्सः ह्यूमन रङ्स’ नामक पुस्तकको आज काठमाडौंमा बिमोचन गर्दै उहाँले नेपालले मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मासात गरिरहेको दावी पनि गर्नु भयो । परराष्ट्रमन्त्री ज्ञवालीले मानव अधिकारसँग सम्बन्धित संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न पनि आह्वान गर्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले विश्वमा विद्यमान गरिवी र आतंकवाद मानव अधिकारको प्रत्याभूति गराउन मुख्य चुनौतिको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन् अन्तराष्ट्रिय समूदायबीचको बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *