प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखेका छन् । युवा संगठनहरुले संविधान दिवशको अवशर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन् । नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि भएको छ । १ सय फिट लामो स्टीलको पोल गाडी झन्डै ३० फीट लामो झन्डा फहराइएको छ । यसअघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते शहिद दिवशको अवशर परेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा राखेको थियो । तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा झण्डोत्तलन गर्नुभएको थियो ।