काठमाडौ, ६ पुष । राष्ट्रिय महिला आयोगले महिलाहरुको प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रजनन् स्वास्थ्य समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । सचिव ठाकुरले दक्ष जनशक्तिको अभावमा पनि महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि समस्या बढदै गएको तथ्यांकबारे पनि स्मरण गराउनु भयो ।
सचिव ठाकुरले महिला प्रजनन स्वास्थ्यमा समस्या आउन नदिन सामाजिक अभियाननै संचालन गर्नुपर्ने पनि बताउनु भयो ।