Saturday, January 18, 2025
Home > मुख्य समाचार > महायज्ञको पाँचौ दिनसम्ममा ७ लाख बढी रकम संकलन

महायज्ञको पाँचौ दिनसम्ममा ७ लाख बढी रकम संकलन

सुनसरीको चतराधाममा अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित विराटनगरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिनसम्म ७ लाख बढी रकम संकलन भएको छ । चतरास्थित जगद्गुरु पीठ तथा मन्दिर दीगोरुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न ३० गतेबाट शुरु भएको सप्ताह पुराणमा मंगलबार बेलुकासम्म ५ लाख संकलन भएको आयोजक समितिका सचिव दधिराज सुवेदीले जानकारी दिनुभयो । उहांले आज दिउँसोसम्म थप २ लाख बढी दान रकम प्राप्त भएको जानकारी दिदै थप दाताहरुले दान रकम उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको जानकारी दिनुभयो । जगदगुरु बालसन्त मोहणशरण देवाचार्यको संकल्पअनुसार आयोजित ज्ञानमहायज्ञमा श्रीराधाकृष्ण मन्दिर देवघाटका पीठाधिश आचार्य हरिशरण महाराजले कथावाचन गरिरहनुभएको छ । विराटनगर–४ स्थित दाहाल प्रतिष्ठान परिसरमा आयोजित सप्ताह पुराणमा जगदगुरुले दैनिकरुपमा धार्मिक प्रवचनका साथै नेपालको राष्ट्रिय महिमा गान सञ्चालन गर्दै आइरहनुभएको छ । ज्ञानमहायज्ञमा दैनिकरुपमा पाठपारायण, कथा प्रवचन, झांकी र ज्ञानमञ्चका साथमा कलाकारहरुद्वारा सांगितिक कार्यक्रमसमेत आयोजना गरिंदै छ । १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएकोमा ५० लाख विराटनगरबाट संकलन हुने आयोजकले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *