अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रिय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा बेसका प्रवक्ताले जनाएका छन् । मस्जिदमा प्रार्थनाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु आएका बेला सैनिकहरु रहेको स्थानमा आक्रमण भएको प्रान्तीय गभर्नर हाकाम खान हबीबीले जानकारी दिएका छन् । घटनाका बारेमा सरकारी अधिकारीहरुले विस्तृत जानकारी नदिएको अन्तर्रापष्ट्रय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि राजधानी काबुलमा तीन दिनअघि भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।