Saturday, January 18, 2025
Home > मुख्य समाचार > मरासैनीको रिहाईको माग गर्दै चारआलीमा २ घण्टा सडक अवरुद्ध

मरासैनीको रिहाईको माग गर्दै चारआलीमा २ घण्टा सडक अवरुद्ध

झापा, २१ मंसिर । राष्ट्रसेवक कर्मचारीलाई अभद्र व्यवहार गर्न उक्साएको अभियोगमा प्रहरीद्धारा पक्राउ गरिएका श्रीराम मरासैनीको विना शर्त रिहाइको माग राख्दै झापाको चारआलीमा स्थानीयले सडक तथा पसल २ घण्टा बन्द गरेका छन् ।

बिहान ११ बजेदेखि १ बजे सम्म सडक अवरुद्ध तथा पसल बन्द गरेपछि स्थानीय बुद्धिजीवि र प्रहरी प्रशासनबीच चारआलीमा भएको वार्तामा पक्राउ परेका मेचीनगर १३ का मरासिनीलाई रिहा गर्ने सहमतिपछि बन्द खुलेको छ । प्रहरी नायव उपरीक्षक महेन्द्रबहादुर श्रेष्ठले घटनाको थप अनुसन्धान गरी आवश्यक कानूनी प्रक्रिया अनुसार मरासिनीलाई रिहा गर्ने बताउनुभयो । गत मंसिर १० गते अभद्र व्यवहार गरेको अभियोगमा मेचीनगर–१३ का यादव भट्टराईलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको थियो । गत मंसिर १६ गते भट्टराई जिल्ला प्रशासन कार्यालय झापामा ८ हजार धरौटी बुझाएर छुटेका थिए । तर मरासैनीले प्रहरीको काम कारबाहीमा बाधा पुर्याई अभद्र व्यवहारसमेत प्रदर्शन गरेकाले प्रहरीले पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगत जिल्ला प्रशासन कार्यालय झापाबाट ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *