Saturday, January 18, 2025
Home > मुख्य समाचार > मनकामना मन्दिरको पुनर्निमाण

मनकामना मन्दिरको पुनर्निमाण

गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुर्ननिर्माण सम्पन्न भएको छ । जिर्ण भएपछि जगैबाट भत्काएर पुर्ननिर्माण गरिएको मन्दिरमा अहिलेसम्म १३ करोड खर्च भएको जिर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा अब ढुंगा बिछ्याउने र पर्खाल लगाउने लगायतको काम बाँकी रहेको बताउँदै संयोजक श्रेष्ठले यी कामहरु सम्पन्न गरि सकभर दशैँबाट मन्दिर भित्रैबाट पूजाआजाको व्यवस्था मिलाउने तयारीमा रहेको जानकारी दिनुभयो । मन्दिर पुर्ननिर्माणका लागि ४ करोड सरकारबाट सहयोग प्राप्त भएको र भक्तजनबाट ८ करोड बढी रकम संकलन भएको संयोजक श्रेष्ठको भनाइ छ । मन्दिर निर्माणमा तामाको पातामा १८ किलो सुन जलप लगाउन प्रयोग गरिएको छ । अहिले मन्दिरको आँगनमै प्रतिमा बनाएर पुजा गर्ने व्यवस्था मिलाइएको छ । यसैबीच मनकामना मन्दिर पुर्ननिर्माण सँगैँ यात्रुको चाप बढ्ने भएपछि मनकामना दर्शन प्रालिले केबलकारमा ३ वटा नयाँ डिब्बा थप गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *