Saturday, January 18, 2025
Home > मुख्य समाचार > भुटाहा गोली काण्ड : आन्दोलन चर्काउने चेतावनी

भुटाहा गोली काण्ड : आन्दोलन चर्काउने चेतावनी

सुनसरीमा मौलाना खुर्शिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्न लाग्दा समेत हत्यारा पत्ता नलागेको भन्दै मुस्लिम अगुवाहरुले आन्दोलन चर्काउने चेतावनी दिइरहदा स्थानीय प्रशासनले भने सबै माग सम्बोधनको चरणमा पुगेको जनाएको छ । गृहमन्त्री घटनास्थल आएर शान्ति सुरक्षासहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडानका कारण खुर्शिदको शव घटनास्थल भुटाहाबाट उठाइएको छैन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले स्थानीयको धेरैजसो माग सम्बोधन भएको र आज दिउँसो काठमाण्डौंमा बस्ने क्याबिनेट बैठकले शहीद घोषणा लगायत क्षतिपूर्ति जस्ता विषयमा निर्णय गर्ने सम्भावना रहेको बताउनुभयो ।
गएराति सुनसरी प्रशासन र स्थानीय मुस्लिम अगुवाबिच भएको वार्ता सकारात्मक झैं बनेपनि सहमति भने जुट्न सकेको थिएन् । मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति , शान्तिसुरक्षासहित गृहमन्त्री आउनु पर्ने स्थानीयको अडान लगायतका विषयमा सुनसरी प्रशासनले प्रदेश सरकार र संघीय सरकारलाई गएरातिनै जानकारी गराएको थियो । प्रजिअ उप्रेतीका अनुसार घटना अनुसन्धानकालागि सीआइबीको टोली सुनसरीका लागि हिडिसकेको छ भने प्रदेश प्रहरीको संयोजकत्वमा ५ सदस्यीय उच्च स्तरीय छानविन टोली गठन भएको छ । त्यसैगरी भुटाहादेखि घुस्की सम्म रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीको युनिट परिवर्तन गर्ने तर्फ समेत स्थानीय प्रशासनले काम सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *