Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारतमा भएको विधानसभा चुनावको प्रारम्भिक नतिजा आउन सुरु

भारतमा भएको विधानसभा चुनावको प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी । भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।

पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका लागि सुखद रहेको छ । मध्य प्रदेश विधानसभामा २३० सिट रहेको छ । जहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्छ । प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले १०६ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी(बीजेपी) ले अग्रता बनाइरहेको छ । राजस्थान विधानसभामा २ सय सिट भए पनि एक जना उम्मेदवारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ८८ सिटमा अगाडि छ भने बीजेपी ७४ सिटमा अगाडि छ । त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्रिय समिति ६० सिटमा अगाडि रहेको छ । त्यस्तै तेलंगनामा कांग्रेस ३३ सिटमा अगाडि रहेको छ भने बीजेपी २ सिटमा अगाडि रहेको छ । मिजोरम ४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले १७ सिटमा अग्रता बनाएको छ भने कांग्रेसले १४ सिटमा अग्रता बनाउँदा बीजेपीले २ सिटमा अग्रता बनाएको छ । त्यस्तै छत्तीसगढ ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार ५४ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले ३० सिटमा अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *