Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारतको राजस्थान र तेलंगानामा विधानसभा सदस्य निर्वाचनका लागि मतदान

भारतको राजस्थान र तेलंगानामा विधानसभा सदस्य निर्वाचनका लागि मतदान

एजेन्सी । भारतको राजस्थान र तेलंगानामा विधानसभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ ।

राजस्थानमा २ सय मध्ये १ सय ९९ र तेलंगानामा १ सय १९ सिटका लागि मतदान हुँदैछ । राजस्थानमा भारतीय जनता पार्टी र कंग्रेसबीच मुख्य प्रतिस्पर्धा छ भने तेलंगानामा क्षेत्रीय दलहरुबीच प्रतिस्पर्धा हुनेछ । राजस्थाका ५२ हजार मतदान स्थलबाट ४ करोड ७५ लाख मतदाताले मतदान गर्ने छन् । यसअघि राजस्थानमा भएको निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय मध्ये १ सय ६३ सिटमा जित हासिल गरेको थियो । कंग्रेस आईले २१ सिट जितेको थियो । राजस्थानमा सन् १९९८ देखी कुनै पनि दलले लगातार दोश्रो पटक बहुमत हासिल गर्न नसकेकाले यो पटक कांग्रेस आई र भाजपाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तेलंगानामा २ करोड ७३ लाखले मतदान गर्नेछन् । सन् २०१४ मा छुट्टै राज्य घोषणा गरिएको तेलंगाानामा तेलंगाना राष्ट्र समिति, कंग्रेस आई, भाजपा, तेलंगाना जनसमिति, सीपी आई, लगायतका पार्टीलाई बलियो मानिएको छ । यी दुई राज्यको निर्वाचन पछि केही दिन अघि छत्तिसगढ, मध्य प्रदेश र मिजोरममा भएको निर्वाचनको मतगणना एकै साथ हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *