Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > भारतको बोगिबिल पुल संञ्चालनमा आयो

भारतको बोगिबिल पुल संञ्चालनमा आयो

एजेन्सी । भारतका उत्तरपूर्वी राज्यहरू असम र अरुणाचल प्रदेशलाई आर्थिक र सामाजिक हिसाबले जोड्न महत्वपूर्ण मानिएको बोगिबिल पुल मंगलबारदेखि सञ्चालनमा आएको छ ।

ब्रह्मपुत्र नदीमाथि निर्माण गरिएको ४.९४ किलोमिटर लामो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मोदीले बोगिबिल पुल मात्र नभई अरुणाचल र असाम राज्यका जनताका लागि जीवनरेखा भएको बताए । भारतको सबैभन्दा लामो बोगिबिलमा रेल तथा सवारीसाधान चल्ने गरी बनाइएको छ । राजधानी नयाँदिल्ली र उत्तरपूर्वी राज्यबीचको भौगोलिक दूरी घटाएको पुल चीनको सीमानजिकै भएकाले पनि रणनीतिक र सुरक्षाका हिसाबले पनि महत्वपूर्ण ठानिएको छ । भारत र चीनबीचको करिब ४ हजार किलोमिटर लामो सीमामध्ये करिब ७५ प्रतिशत अरुणाचलका सात जिल्लामा पर्छ । ती जिल्ला पूर्वाधारका हिसाबले कमजोर मानिन्छन् । भारतको तुलनामा चीनले आफ्नो क्षेत्रमा पूर्वधारमा उल्लेख्य सुधार ल्याएको छ । मोदी नेतृत्वको सरकारले आफ्नो पूर्व हेर्ने नीति (लुक इष्ट पोलिसि) अन्तर्गत पूर्वाेत्तर राज्यमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ । चीनसँग विगत लामो समयदेखि कायम सीमा विवादका कारण पनि भारतले पूर्वाेत्तर राज्यहरूमध्ये पनि अरुणाचल प्रदेशलाई संवेदनशील ठान्दछ । त्यस कारण पनि दुई मुलुकबीच हुने सम्भावित सीमा विवादका बेला आफ्नो सुरक्षा उपस्थिति बलियो पार्न पनि बोगिबिल पुल महत्त्वपूर्ण हुने ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *