Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस

सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुनुहुन्छ । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस हुनु भएको छ । पाण्डे पूर्वराजदूत हुनुहुन्छ भने ढकाल परराष्ट्रका सहसचिव हुनुहुन्छ । यस्तै सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त हुनु भएको छ । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार हुनुहुन्थ्यो । पूर्वसांसद समेत रहेका उहाँ नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुनुहुन्छ । सरकारले बैठकको औपचारिक रुपमा भने कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रवन्ध मिलाएर सार्वजनिक गरिने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *