Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > भरतपुरका मुख्य सडकमा तीन पांग्रे सवारी निषेध

भरतपुरका मुख्य सडकमा तीन पांग्रे सवारी निषेध

चितवन, २७ मंसिर । भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा तीन पांग्रे सवारी साधन निषेध हुने भएको छ ।

उच्च अदालत पाटन हेटौंडाले भरतपुर महानगरपालिकाले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्नका लागि महानगरको मुख्यराजमार्गमा चल्न रोक लगाउने निर्णयलाई सदर गरेको हो । स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम स्थानीय तहलाई रुट निर्धारण गर्ने अधिकार छ । यसै ऐन बमोजिम उच्च अदालत पाटन हेटौंडाका न्यायधिसद्वय कृष्ण गिरी र एकराज नेपालले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्न लागेको विरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको रिटलाई खारेज गर्दै महानगरको निर्णयलाई सदर गरेको हो । रिट खारेज भएसँगै महानगरलाई तीनपांग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुलेको छ । चितवनको भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नागरायणगढ–मुग्लिन सडकमा तीन पांग्रे गाडी चलाउन प्रतिबन्ध लगाएपछि व्यावसायीहरु आन्दोलित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *