बेलायत र युरोपेली संघ (ईयु)का अधिकारीहरु ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमत भएका छन् । महिनौं लामो वार्तापछि ईयुबाट बेलायतको बहिर्गमन सम्बन्धी ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमति जुटेको हो । दुवै पक्षका अधिकारीहरुबीचको गम्भीर छलफलपछि सम्झौताको मस्यौदामा सहमति जुटेको हो । मस्यौदामाथि बेलायती प्रधानमन्त्री टेरिजा मेले मन्त्रिहरुको समर्थन जुटाउनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । मस्यौदामाथि प्रधानमन्त्रीले सबै मन्त्रीहरूसँग एक्लाएक्लै छलफल गर्ने बताइएको छ । ईयूबाट बेलायत अलग्गिनुपर्ने पक्षमा सशक्त धारणा राख्दै आएका केही नेताहरुले सम्झौताको मस्यौदामा समेटिएका विषयलाई लिएर सरकारको आलोचना गरेका छन् । सहमतिले बेलायतलाई युरोपेली संघको नियन्त्रणमा राखिरहने उनीहरूको तर्क छ । (एजेन्सी)