Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > बंगलादेशमा निर्वाचनका क्रममा १५ जनाको मृत्यु

बंगलादेशमा निर्वाचनका क्रममा १५ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा मतदानकै दिन आज निर्वाचनका क्रममा १५ जनाको मृत्यु भएको छ ।

मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएपछि मानिसहरूको मृत्यु भएको अन्तराष्ट्रिय सन्चार माध्यामहरुले जनाएका छन । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती जिल्लामा पनि विपक्षीहरुले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाई छ । कडा सुरक्षा व्यवस्थासहित आज मतदान सम्पन्न भएको छ । कतिपय हिंसात्मक घटनाहरुका विवरणहरु आउने क्रम जारी रहेको जनाइएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै ६ लाख परिचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *