Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > फ्रान्समा इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा जारी प्रदर्शनले लियो उग्र रुप

फ्रान्समा इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा जारी प्रदर्शनले लियो उग्र रुप


फ्रान्सको राजधानी पेरिसमा तीन हप्तादेखि इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा निरन्तरजस्तै प्रदर्शनहरु भइरहेका छन् । चम्किलो पहेलो रङको ज्याकेट लगाएका आन्दोलनकारीले गरेको प्रदर्शनलाई रोक्न त्यहाँको प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेको छ ।

उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले विरोध प्रदर्शनको निन्दा गर्नुभएको छ । उहाँले प्रर्दशनका नाममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरेकाले प्रदर्शनकारीलाई माफी नदिने बताउनुभयो । तीनहप्ता यता भएको प्रर्दशनका क्रममा एक प्रर्दशनकारीको ज्यान गइसकेको छ । यसैबीच पछिल्लो पटक भएको प्रर्दशनको एकसय भन्दा धेरै प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनमा ३६ हजारभन्दा धेरै नागरिक सहभागि भएका फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *