Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्ने वातावरण बनाई दिन पत्रकार महासंघको आग्रह

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्ने वातावरण बनाई दिन पत्रकार महासंघको आग्रह

काठमार्डौ, ३० कार्तिक । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाई दिन राष्ट्रिय मानवअधिकार आयोगसँग आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको हनन् गर्दैै लगेको उल्लेख गर्दै त्यसको उपभोग गर्ने वातावरण बनाई दिन आयोगसँग आग्रह गर्नु भएको हो । आज राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरमा आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संघीय सरकारले नयाँ मुलुकी ऐन र स्थानीय तथा प्रदेश सरकारले कानुन बनाएर प्रेसलाई अकुंश लगाउने काम गरिरहँदा पनि आयोगले केही गर्न नसकेको गुनासो पनि गर्नु भयो । पत्रकारहरुमाथि लेख्न समेत नदिने गरी राज्यले कानुननै निर्माण गर्न थालेपछि आफूहरुलाई न्याय दिन आयोगसँग आग्रह गर्नु परेको अध्यक्ष आचार्यको भनाई छ ।

यता, राष्ट्रिय मानवअधिकार आयोगले भने प्रेससम्बन्धि छुट्टै संयन्त्र बनाएर पत्रकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि अधिकार उपभोगका लागि आवश्यक वातावरण बनाउन लागिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *