Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको सुनुवाई प्रभावित

प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको सुनुवाई प्रभावित

काठमाडौं, १५ पुष । संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको सुनुवाई प्रभावित भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधिश जबराले कार्ययोजना पेश गरेपनि कार्यालय समय सकिएको भन्दै कर्मचारीहरुले बस्न नसक्ने जानकारी गराएपछि बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । समय अभावका कारण आज स्थगित गरिएको बैठक मंगलबार तोकिएको र सोही बैठकमा प्रस्तावित प्रधानन्यायाधिश जबरासँगको सुनुवाई सम्पन्न गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । बैठकमा समितिका सदस्यहरुले प्रस्तावित प्रधानन्यायाधिश जबरामाथि परेको उजुरी गम्भिर खालको पनि भएको उल्लेख गर्दै तत्सम्बन्धमा स्पष्टिकरण माग गरेका थिए । समितिका अर्का सदस्य योगेश भट्टराईले संसदको सर्वोच्चतामाथि न्यायालयले हस्तक्षेप गर्ने गरेको उल्लेख गर्दै त्यसमा सुधार ल्याउने योजना पेश गर्न प्रस्तावित प्रधानन्यायाधिश जबराको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले संसदको निर्देशन पालना किन सर्वोच्च अदालतमा हुँदैन भन्ने प्रश्नको जवाफ दिन पनि जबरालाई आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *