Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रधानमन्त्री ओली र राजपा नेतृत्वबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राजपा नेतृत्वबीच भेटवार्ता

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधन गर्नुपर्नेलगायतका माग तत्काल सम्बोधन गर्न तयार हुनुभएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेका राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग आज बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नेलगायतका माग छिटोभन्दा छिटो गर्न समाधान गरेर अघि बढन सरकार तयार रहेको बताउनुभएको हो । राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढन तयार रहेको बताउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । संविधान संशोधन गर्नेलगायतका माग सम्बोधनको तयारी गर्न प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको नेतृत्वसँग एक हप्ताको समय पनि माग गर्नुभएको छ । एक हप्ताभित्र आफूहरुको माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय माग्नु भएको र आफूहरुले दिएको राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले बताउनुभयो । त्यस अवसरमा एक हप्ताभित्र पनि आफूहरुको माग सम्बोधन गर्ने तयारी नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले दिएका थिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *