Saturday, November 23, 2024
Home > मुख्य समाचार > प्रधानमन्त्री ओलीले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको नेता थापाको आरोप

प्रधानमन्त्री ओलीले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको नेता थापाको आरोप

काठमाडौ, २९ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्तिसमेत जनाउनु भयो । नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरित भईरहेको दाबीसमेत गर्नुभयो । संविधानको मूल मर्मनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ । उहाँले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नुभयो । पूर्वमन्त्रीसमेत रहनु भएका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *