Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश १ को राजधानी बिकेन्द्रीतको विपक्षमा नेपाली कांग्रेस

प्रदेश १ को राजधानी बिकेन्द्रीतको विपक्षमा नेपाली कांग्रेस

१८, असोज, विराटनगर । प्रदेश नम्बर १ को नाम र राजधानीको टुंगो लगाउन प्रदेश सरकारले तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राजधानी बिकेन्द्रीत गर्न नहुने पक्षमा उभिएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले राजधानी विकेन्द्रीत गर्न नहुने निर्णय गरेको सचेत सुर्यमाराज राईले जानकारी दिनुभयो । राजधानी र प्रदेशको नामबारे पनि काँग्रेसले ठोस निर्णय गर्ने बताउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले त्यसको लागि पार्टी नेतृत्वसहित अर्काे बैठक बस्ने जानकारी दिनुभयो । नाम र राजधानीबारे काँग्रेसले साझा धारणा बनाउने जनाएको छ । प्रदेशसभामा दुईतिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीले राजधानी र नामबारे असोज १४ र १५ गते संसदीय दलको बैठक राखेर सांसदहरुको धारणा बुझेको थियो । बैठकमा केही सांसद र मन्त्रीहरुले धारणा राख्न बाँकी छ । नेकपाका ६७ सांसदमध्ये ५४ सांसदले बोलेपछि स्थगित भएको बैठक कहिले बस्ने यकिन भएको छैन । नेकपाका सांसदहरुले नाम र राजधानीबारे मिश्रित धारणा राखेपनि राजधानी विकेन्द्रीत गर्न नहुने पक्षमा भने अधिकांश उभिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *