Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश–१ का १ सय विद्यालयमा ई–एजुकेसन प्रणाली लागू गर्ने तयारी

प्रदेश–१ का १ सय विद्यालयमा ई–एजुकेसन प्रणाली लागू गर्ने तयारी

विराटनगर, १० पुष । १ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अहिलेको प्रविधि सुहाउँदो ई एजुकेसनको पाइलट प्रोजेक्ट तयार गर्ने भएको छ ।

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा तत्कालका लागि १ सय विद्यालयमा ई एजुकेसन सिस्टम लागू गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको हो । उहाँले विज्ञान र प्रविधिको अहिलेको युगमा पनि झोलामा पुस्तक बोकेर विद्यालय पठाउने परिपाटीको अन्त्यका लागि ई एजुकेसन अनिवार्य भएको बताउनुभयो । यस वर्षको एसइइ परीक्षाका लागि प्रश्नपत्र छपाईको काम सुरु भएको मन्त्रालयले जनाएको छ । गत वर्षको तथ्यांकअनुसार प्रदेशमा रहेका सामुदायिक ६ सय ५९ र संस्थागत ५ सय ७२ वटा विद्यालयका ८४ हजार २ सय ९० विद्यार्थीका लागि ९२ हजार उत्तरपुस्तिका छपाईका लागि जनक शिक्षासँग सहकार्य भइसकेको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले हालसम्म २ करोड ६५ लाख ४४ हजार खर्च गरेको छ भने ९८ करोड २२ लाख बजेट निकासा भएको जनाएको छ । मन्त्रालयको कूल बजेटको यो २७ दशमलव ३७ प्रतिशत हो । मन्त्रालयको कूल बजेट ३ अर्ब ६८ करोड ८७ लाख २५ हजार रहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा सबै बजेट खर्च हुने मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *