Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेशलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने मुख्यमन्त्री राईको भनाई

प्रदेशलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने मुख्यमन्त्री राईको भनाई

विराटनगर, १९ मंसिर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।

नेपाल नेत्र ज्योति संघ र अरविस अन्तराष्ट्रिय संस्थाले सुरु गरेको स्कुले बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । आँखा परिक्षणको क्षेत्रमा एक नम्बर प्रदेश त्यसमा पनि विराटनगर अगाडि रहेको बताउँदै उहाँले यस प्रदेशलाई आइकेयर टुरिजमको केन्द्रका रुपमा वकास गर्न सकिने उल्लेख गर्नुभयो । अन्य उपचारका लागि भारत लगायत अन्य देशमा जानु पर्ने बाध्यता रहे पनि आखा परिक्षणका लागि वर्षेनी भारतबाट लाखौंको संख्यामा विरामिहरु विराटनगर आउने गरेकाले पनि यस क्षेत्रलाई आइ केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ र अरविस अन्तराष्ट्रिय संस्थाले सुनसरी र मोरङको विराटनगर महानगरपालिकाका स्कुले बालबालिकाहरुको निःशुल्क आँखा जाँच कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम अवधी भर २ लाख ८० हजार स्कुले बालबालिकाको निःशुल्क आँखा जाँच गरिने जनाइएको छ । साथै उनिहरुलाइ निःशुल्क औषधी र ६ हजार चस्मा वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *