Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर नभएको डा. रिजालको दावी

प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर नभएको डा. रिजालको दावी

मोरङ, २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर नभएको प्रस्ट पार्नुभएको छ ।

नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय कार्यसमितिको मोरङको बुढिगंगा गाउँपालिकामा आज आयोजित कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रिजालले नेकपाको कामको अवस्था र प्रकृतिअनुसार राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गरेको प्रष्ट पार्नुभयो । रिजालले सरकारले गरेका कार्यहरु चित्तबुझ्दो नभएको आरोप भन्दै नराम्रा कामको डटेर विरोध गर्ने बताउनुभयो । यस्तै प्रदेश सभा सदस्य केदार कार्कीले मगरहरुको हक अधिकारका लागि आवाज उठाउन नेतृत्वलाई आग्रह गर्नुभयो । यस्तै रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले जातिय पहिचान र संस्कृति जोगाउन लाग्नुपर्ने बताउनुभयो । विभिन्न जिल्लाबाट भेला भएका मगरहरुले आफ्नो हक, अधिकार र क्षेत्राधिकारमा पहँुच पुर्याउन आवश्यक रहेको औल्याएका थिए । दुई दिनसम्म सञ्चाललन हुने भेलामा मगरका अधिकारका विषयमा छलफल गरिने मगर संघका केन्द्रीय सभापति ओम थापा मगरले जानकारी दिनुभयो ।

सोही अवसरमा मगर संघका केन्द्रिय सदस्य जितु थापा मगरले अति विपन्न मगरका छोराछोरीलाई पढाउनका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *