एजेन्सी । इन्डोनेसियाको पपुवामा पृथकतावादीहरुले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको छ ।
सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको हो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो । अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेको र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताउनु भएको छ । घटनास्थलबाट भागेका अर्का एक जना भने हालसम्म बेपत्ता रहेको बताइएको छ ।