Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा राष्ट्रपति आउने

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा राष्ट्रपति आउने

विराटनगर, १६ पुष । पूर्वाञ्चल विश्वविद्यालयले २५ औं वार्षिकोत्सव एवं रजत महोत्सव भव्य रुपमा मनाउने तयारी गरेको छ ।

विश्वविद्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी बारे जानकारी गराएको छ । पुस १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने र विश्वविद्यालय स्थापना एव्म सञ्चालनमा सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान, विश्वविद्यालयम दीर्घसेवा गर्नुभएका प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायतका कार्यक्रम हुने तय भएको उपकुलपति प्राध्यापक डाक्टर घनश्यामलाल दासले जानकारी दिनुभयो । नेपाल सरकारले ८ सय ५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्षित गरी एमबीवीएस शैक्षिक कार्यक्रमको संचालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । रजत महोत्सवको अवसरमा विश्वविद्यालयका ६ वटा संकायअन्तर्गत ८० वटा व्यावसायिक र प्राविधिक विषयका कार्यक्रमहरु संचालन भइरहेको र १ सय २१ वटा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनाहरु रहेको उपकुलपति दासले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा विश्वविद्यालयका सूचना अधिकारी राजेशकुमार झा, महोत्सव प्रचार समितिका संयोजक डा. सन्देशदास श्रेष्ठलगायतले तयारीका विषयमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *