Saturday, January 18, 2025
Home > मुख्य समाचार > पूर्वगर्भनर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्वगर्भनर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौ, ५ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलकबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले विशेष अदालतमा रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । रावल पाँच वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बन्नुभएको थियो । सोही अवधिमा राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोग रावलमाथि छ । अख्तियारले रावललाई ९१ लाख बढी बिगो दाबी गरेको छ । रावलसँगै अख्तियारले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *