Saturday, January 18, 2025
Home > खेलकुद समाचार > पुषको पहिलो साताबाट दोस्रो रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता

पुषको पहिलो साताबाट दोस्रो रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता

सुनसरी, १९ मंसिर । सुनसरीको रामधुनी नगरपालिकामा पुषको पहिलो साताबाट दोस्रो रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

पुषको ७ गतेबाट १४ गतेसम्म चल्ने प्रतियोगितालाई रामधुनी आर्दश संस्था रामधुनी–४ सुनसरीले संचालनमा ल्याउन लागेको हो । झुम्कामा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता संचालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । रामधुनी नगरपालिका वडा नम्बर ४ को संयोजनमा हुन लागेको फुटबल प्रतियोगिताको मूख्य प्रायोजक भने मल्टि सोलुसन कन्ट्रक्सन कम्पनी प्रा.लि. काठमाण्डौंसहित न्यू धनलक्ष्मी हार्डवेयर झुम्का रहेको छ । प्रतियोगितामा रामधुनी आर्दश फुटबल क्बलसहित दमक फुटबल एकेडेमी झापा, धनकुटा फुटबल संघ धनकुटा, गाईघाट फुटबल क्लब उदयपुरका साथै विभागीय टिम एपिएफ, उर्लाबारी फुटबल क्लब मोरङ, डि.सि.टि. सुनसरी र युकेएफसी दार्जेलिङ भारत फुटबल क्लबले सहभागिता जनाउँदै छन् । इक्राही खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले ट्रफिसहित नगद १ लाख पाउने छ भने उपबिजेता टिमले ५१ हजार पुरस्कार पाउने कार्यक्रम संयोजक केशबबहादुर खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *