Saturday, January 18, 2025
Home > आर्थिक समाचार > पाँच वर्षमा १२ लाख करदाता बढाउने सरकारको लक्ष्य

पाँच वर्षमा १२ लाख करदाता बढाउने सरकारको लक्ष्य

काठमाडौ, ३० कार्तिक । सरकारले पाँच वर्षमा १२ लाख करदाता बढाउने लक्ष्य लिएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले ५ वर्षमा १२ लाख करदाता बढाउने लक्ष्यका साथ काम भईरहेको जानकारी दिनु भएको हो । सातौं राष्ट्रिय कर दिवसबारे जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस वर्षको दिवस करदातालाई जागृत गराउन केन्द्रित हुने पनि स्पष्ट पार्नु भयो । विभागका अनुसार हाल १८ लाख करदाता रहेका छन । ५ वर्ष पछि त्यसको संख्या ३० लाख पुर्याउने लक्ष्य लिइएको छ । सरकारले हरेक वर्ष मंसीर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउने गरेको छ । सरकारले यस वर्ष कर दिवसको अवसर पारेर उत्कृष्ट १५ जना कर दातालाई सम्मान गर्ने भएको छ । त्यसैगरी कर संकलनमा उत्कृष्ट हुने १० जना कर्मचारीलाई पनि पुरस्कृत कार्यक्रम रहेको पनि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *