Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पर्यटन प्रवद्र्धनका लागि सिमरामा अन्तरकृया

पर्यटन प्रवद्र्धनका लागि सिमरामा अन्तरकृया

बारा, १८ मंसिर । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन गर्न बाराको सिमरामा प्रदेश नम्बर २ स्तरीय अन्तरकृया गरेको छ ।

नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँने तय गरेसँगै त्यसको लक्ष्यलाई पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो । भारतका सिमावर्ती शहरहरु लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवद्र्धन भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले जानकारी दिनुभयो । उहाँले नेपालको पर्यटन बजारको रुपमा रहेको भारतीय पर्यटकलाई नेपालमा र खास गरी प्रदेश नम्बर २ का धार्मिक एवंम् ऐतिहासिकस्थल सम्म ल्याउन गर्नुपर्ने पहल र सम्भावनाका बारेमा स्थानीय सरोकारवालाहरुसँग छलफल गरिएको बताउनुभयो । प्रबन्धक भट्टराईले प्रदेश नम्बर २ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दुई करोड भन्दा बढि रकम विनियोजित गरेको जानकारी पनि दिनुभयो । कार्यक्रममा सहभागिले प्रदेश नम्बर २ मा रहेका पर्यटकीय स्थलहरुलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन नसकिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *