Saturday, January 18, 2025
Home > मुख्य समाचार > पत्रकारको पारिश्रमिक २५ प्रतिशतले बृद्धि

पत्रकारको पारिश्रमिक २५ प्रतिशतले बृद्धि

सरकारले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गरेको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारश्रमिक २५ प्रतिशत वृृद्धि गर्ने निर्णय गरेको हो । श्रमजीवि पत्रकार र संचार क्षेत्रमा काम गर्नेहरुलाई न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो । यस अघि श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकिएकोमा सरकारको यो निर्णयसँगै अब उनीहरुको न्यूनतम पारिश्रमिक २४ हजार ३ सय पुगेको छ । प्रवक्ता बास्कोटाले सरकारको सो निर्णय कार्तिकबाट लागू हुने जानकारी पनि दिनु भयो । बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार, लेखक एवम् स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । गोविन्द पोखरेलले पदबाट दिनु भएको राजीनामा स्विकृत गर्दै भण्डारीलाई सो पदमा नियुक्त गरिएको हो । मन्त्रीपरिषद बैठकले संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण पनि मागेको छ । सरकारले उखु उत्पादक किसान, चिनी उद्योग र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक रणनीति तय गर्न राष्ट्रिय योजना आयागकका कृषिसम्बन्धि सदस्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ । चिनी र चिनीको मूल्यसम्बन्धि समस्या समाधान गर्न सरकारले सो कार्यदल गठन गरेको हो । बैठकले उर्जाको क्षेत्रमा लगानी बढाउन विश्व बैंकबाट ११ अर्व ६३ करोड ऋण सहायता लिनेसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ सचिवलाई दिने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *