Thursday, November 21, 2024
Home > खेलकुद समाचार > नेपाल दोस्रो चरणमा, बंगलादेशसँग १–१ गोलको बराबरी

नेपाल दोस्रो चरणमा, बंगलादेशसँग १–१ गोलको बराबरी

२७, कार्तिक । नेपाली महिला फुटबल टिम टोकियो ओलम्पिकको एएफसी तर्फ प्रारम्भिक छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ ।

पहिलो चरणको अन्तिम खेलमा आज बंगलादेशसित १–१ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुगेको हो । म्यानमारको थुनुवा रंगशालामा भएको खेलको १७औं मिनेटमै कप्तान निरु थापाले गोल गरे पनि इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखी खातुनले बराबरी गोल फर्काएकी थिइन् । नेपालले लगातार तेस्रो खेलमा अग्रता लिएरपनि बराबरीमै रोकिनुर्पयो । यसअघि, नेपालले पहिलो खेलमा भारतसित र दोस्रो खेलमा म्यानमारसित १–१ को बराबरी खेलेको थियो । नेपाल अंकतालिकाको तेस्रो स्थानमा रह्यो । नेपाल तेस्रो स्थानको उत्कृष्ट दुई टिममा पर्दै पहिलो सहभागितामै ओलम्पिकको दोस्रो चरणमा छानिएको हो । यो समूहबाट भारत र म्यानमार पनि शीर्ष दुई टिममा पर्दै छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *