Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन

नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन

काठमाडौ, ६ मंसिर । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो । स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ । सोही समस्यालाई समाधान गर्न उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो । योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमिति आफंैले समय निर्धारण गरी सो कलेजको विवाद समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारी समितिमा पेश गर्नेछ । समितिले समितिका सदस्य तथा सचिवालयका कर्मचारीको ‘क्षमता अभिवृद्धि कार्यक्रम’ पनि संचालन गर्ने तयारी गरेको छ । आगामी मंसीर १६ र १७ गते सो कार्यक्रम गर्ने प्रस्ताव समितिमा पेश भएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिनु भयो । बैठकमा समितिका सदस्यहरुले दिइएका निर्देशनलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने गरी समितिले आफ्नो कामकार्वाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *