Saturday, January 18, 2025
Home > आर्थिक समाचार > नेपालीपन झल्किने र मौलिक हस्तकलाका उत्पादनप्रति उपभोक्ताको चासो

नेपालीपन झल्किने र मौलिक हस्तकलाका उत्पादनप्रति उपभोक्ताको चासो

विराटनगर, १२ पुष । विराटनगरमा जारी विराट ट्रेड एक्सपोमा उपभोक्ता र अवलोकनकर्ताको चाप बढदै गएको छ । मेलामा राखिएका विविध प्रकृतिका स्टलमध्ये नेपालीपन झल्किने र मौलिक हस्तकलाका उत्पादनप्रति उपभोक्ताले बिशेष चासो लिइरहेका छन ।

विराट ट्रेड एक्पो समापनको दिन नजिकिएसंगै मेलामा दैनिकरुपमा आम उपभोक्ता र अवलोकनकर्ताको चाप बढदै गएको छ । हजारौ प्रकारका उपभोग्य र विलासिताका समाग्रिका साथै अत्याधुनिक उपकरण तथा हस्तकलाबाट निर्मित मौलिक समाग्रिहरुप्रति आम उपभोक्ता तथा अवलोकनकर्ताले विशेष चासो लिइरहेका छन । एक्सपोमा बाँस र काठबाट बनाइएका हस्तकलाका सामाग्रि राखिएका स्टलहरुले उपभोक्ताको ध्यान खिच्ने गरेको छ । मोरङको सुन्दरहरैचा ९ बाट एक्सपोमा हस्तकलाको सामाग्रि लिएर आउनुभएकी जानुका दाहालले हस्तकलाका सामाग्रिप्रति उपभोक्ताले विशेष चासो र जानकारी लिइरहेको बताउनुभयो । उहांले हस्तकलाबाट निर्मित ५० प्रकारका सामाग्रि आफुले प्रदर्शनीमा ल्याएको जानकारी दिनुभयो ।

दाहालले न्युनतम २ सयदेखि ३५ सयसम्म मुल्यपर्ने सामाग्रि विक्री र प्रर्दशनकालागि ल्याएको जानकारी समेत दिनुभयो । झापाको भद्रपुर ८ बाट एक्पोमा स्टल राख्न आउनुभएका निर्मल शाक्यले आफुले बाँसको जरा र काठबाट निर्मित ३५ प्रकारका हस्तकलाका सामाग्रि लिएर आएको जानकारी दिनुभयो । उहांले बाँसको जराबाट बनाइएका सामाग्रि हेरेर सर्वसाधारण उत्सुक हुने गरेको बताउनुभयो । मेलामै राखिएको सेन्चुरी मसलाको स्टलले समेत उपभोक्ताको ध्यान खिच्ने गरेको छ । सो कम्पनीले मौलिक संस्कृति झल्निे लाखे नृत्य र पञ्चेबाजाको संगीत प्रदर्शन गर्नुका साथै नेवारी शैलीमा स्टल सजाएका कारण आम उपभोक्ताको ध्यान खिच्ने गरेको छ । मेलामा राखिएका अन्य स्टलहरुले समेत दर्शक र उपभोक्तालाई आर्कषितगर्न फरकफरक र नौलो शैलीमा अ–आफ्ना उत्पादन प्रर्दशन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *