Friday, November 22, 2024
Home > खेलकुद समाचार > नेपाललाई दोस्रो सफलता, जतिन्दर सिंह ३० रनमा आउट

नेपाललाई दोस्रो सफलता, जतिन्दर सिंह ३० रनमा आउट

एसिया कप छनोट क्रिकेटमा नेपालले ओमनको दोस्रो विकेट लिएको छ । ओमनका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह ३० रन रनआउट भएका हुन् । अहिले ओमनले २१ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ७१ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले पहिलो विकेटको रुपमा अकिब इल्यासलाई १६ रनमा एल्बिडब्लु आउट गराएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे । उनले ८३ रन बनाए । उनले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, नेपालका लागि ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए । आरिफ शेखले ३६ रन बनाए । उनले सागर पुनसँग मिलेर ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । त्यस्तै, नेपालका लागि करण केसीले विष्फोटक ब्याटिङ गरे । उनले १० बलमा २६ रन बनाए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भ्रिज्लाल लिल्चेताले समान २(२ विकेट लिए । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *