Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > नेतृ आङसाङ सूचीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

नेतृ आङसाङ सूचीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । त्यसबेला सूची आफ्नै घरमा नजरबन्दमा हुनुहुन्थ्यो । उहाँलाई दिइएको सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या अल्पसंख्यकका विषयमा सूचीले गरेको काम निराशाजनक रहेको जनाएको छ । ७३ वर्षीय सुचीलाई दिइएको सम्मान फिर्ता गरिएको यो पहिलो पटक भने होइन । एमनेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइडूले म्यानमारका नेतालाई पत्र पठाउँदै सूचिलाई दिइएको सम्मान फिर्ता लिएको जानकारी गराउनुभएको छ । पत्रमा सूचीले मानवअधिकारको रक्षाकालागि सही अडान लिन नसकेको र उनको कदमले संगठन निराश भएको उल्लेख गरिएको छ । रोहिग्या अल्पसंख्यकका विरुद्ध भएको अत्याचारप्रति सुचीको रुखो व्यवहारले आफूहरु उहाँलाई दिएको सम्मान फिर्ता गर्न बाध्य भएको एमनेस्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *