Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नेकपा बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल

नेकपा बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौ, २ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै नेताहरुले दुई पार्टीबीच एकीकरण भएको सात महिना बित्दा पनि पार्टी संगठनहरुको एकीकरणको काम सम्पन्न गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए । त्यसैगरी उनीहरुले प्रदेश कमिटीको एकीकरण मापदण्डविना नै निर्माण गरिएको भन्दै सच्याउन पनि पार्टी नेतृत्वसँग माग गरेका थिए । बैठकमा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य बामदेव गौतमले आफ्नो लिखित फरक मत पेश गर्नुभएको थियो भने नेताहरु अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल, शक्ति बस्नेतसहित १० जना नेताहरुले छलफलमा भाग लिनुभएको थियो । नेताहरुले पार्टी एकीकरणपछिको हालसम्मको निर्णय प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका थिए । पार्टी सचिवालय बैठकबाट निर्णय लिने प्रक्रियामा असहमति जनाउँदै नेताहरुले पार्टी स्थायी समिति बैठकबाट हरेक निर्णय लिन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले हरेक निर्णय पार्टीको स्थायी समितिबाट लिन पनि नेतृत्वलाई सचेत गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *