Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेकपाको जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

नेकपाको जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको जारी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ८ दिनयता जारी पार्टी स्थायी समितिको आज बिहान बसेको बैठकमा नेता प्रदिप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको हो । छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ आजै अपरान्ह बस्ने पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले दिनुहुनेछ । अध्यक्षद्धयको कार्यव्यस्तताका कारण प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । ४५ सदस्यीय स्थायी समिति बैठकमा बोल्ने धेरैजसो नेताहरुले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । केही नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा भाग लिएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नुपर्ने माग समेत गरेका थिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले मापदण्ड समेत तय नगरी पार्टी प्रदेश कमिटी गठन गरिएकोमा आपत्ति जनाउँदै सच्याउन माग गर्नु भएको थियो भने अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्धय ओली र दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पार्टीको उचाई अनुसार नआएको उल्लेख गर्दै पुनर्लेखन गर्न माग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *