Saturday, January 18, 2025
Home > मुख्य समाचार > नीजि क्षेत्रलाई आतंकित नबनाऊ : राणा

नीजि क्षेत्रलाई आतंकित नबनाऊ : राणा

उद्योगी, व्यवसायीहरुले मुलुकलाई समृद्ध बनाउन नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई समद्ध बनाउन नीतिगत सुधारमा जोड दिन सरकारसँग माग गर्नुभएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जथाभावी कर बढाएर निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधि तत्काल बन्द गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष राणाले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्र सबल बनाउने कार्यमा सहभागी गराउन स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न पनि संघीय सरकारसँग आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन उद्योगहरुको प्रतिस्पर्धी क्षमताको विकास गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले करको सदुपयोग गरेर मुलुकको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकारलाई सुझाव दिनुभयो । अध्यक्ष शर्माले निजी क्षेत्र मुलुकको समृद्धिका लागि सरकारसँग आवश्यक्त सहकार्य गरेर जान प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *