Saturday, January 18, 2025
Home > मुख्य समाचार > निर्वाचन विवाद निरुपण कार्यविधिप्रति पूर्वआयुक्तहरुको असहमति

निर्वाचन विवाद निरुपण कार्यविधिप्रति पूर्वआयुक्तहरुको असहमति

काठमाडौं, ११ पुष । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगको प्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति असहमति जनाएका छन् ।

निर्वाचन आयोगले आज आयोजना गरेको एक कार्यक्रममा प्र्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उपे्रती र पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले असहमति जनाउनु भएको हो । सो प्रस्तावमा निर्वाचन विवाद समाधानका लागि प्रमुख निर्वाचन आयुक्त कै अध्यक्षमा समिति बनाउने प्रस्ताव गरिएको छ । त्यसप्रति पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतिको आपत्ति छ । उहाँले निर्वाचन विवाद समाधानका लागि आवश्यक समिति बनाउन मेक्सिको, दक्षिण अफ्रिकालगायतका मुलुकको मोडल उपयुक्त हुने सुझाव पनि दिनुभयो । पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त गुरुङले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगलाई आवश्यक स्रोत, साधनको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

प्रस्तावित निर्वाचन विवाद निरुपण कार्यविधिमा निर्वाचन विवाद समाधानका लागि राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवाला निकायसँग आवश्यक परामर्श लिने प्रस्ताव पनि गरिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सो कार्यविधिमाथि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भयो । निर्वाचन आयोगले निर्वाचनमा हुने विवाद निरुपणका कार्यविधि तय गर्न सम्बन्धित पक्षहरुसँग छलफल सूरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *