पाँचथर, २० मंसिर । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्याको प्रभावकारी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराँउदै आज पाँचथरमा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन ।
नेपाल बिद्यार्थी संघको अगुवाईमा प्रदर्शन गरिएको हो । सदरमुकाम फिदिम स्थित गणतन्त्र चोकमा भेला भएका विद्यार्थीहरुले निर्मला हत्या प्रकरणमा सरकार आफैं प्रमाण मेटाउन उद्धत भएको आरोप लगाएका थिए । उनीहरुले निर्मला हत्या प्रकरणका दोषीको पहिचान गर्ने बहानामा सरकारले पटक पटक निर्दोषलाई पक्राऊ गरी डिएनए परिक्षणका नाममा बदनाम गरेको आरोप पनि लगाएका छन । बिद्यार्थीहरुले प्रदर्शनपछि आधा घण्टा स्थानीय गणतन्त्र चोकमा चक्काजाम गरेका थिए ।