Saturday, January 18, 2025
Home > मुख्य समाचार > नारायणगढ–मुग्लिन सडकखण्ड भासिने क्रम रोकिएन

नारायणगढ–मुग्लिन सडकखण्ड भासिने क्रम रोकिएन

चितवन, भदौ ७, नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भाँसिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भाँसिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । चालीस मिटर लामो भागमा सडक भासिएको हो । सडक छेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भाँसिएको ठाउँको निरीक्षण गरी वर्षातको समयमा त्याहा गाडी नचलाउन सुझाव दिएका छन् । उनीहरुले वर्षातमा चलाउँदा बाटो पूरै बन्द हुनसक्ने भन्दै हिउँद लागेपछि के गर्ने टुङ्गोमा पुग्नुपर्ने बताएका छन् । खनालका अनुसार सडक बढी भासिएमा तत्काल भित्तो काट्ने विकल्प राखिएको छ । सडक भासिएको ठाउँ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुँदै दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *