Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको सरकारको दावी

नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको सरकारको दावी

काठमाडौ, ११ मंसिर । सरकारले सबै नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ ।

राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले षोषणयुक्त खाद्यन्न सबै नागरिकलाई उपलब्ध गराउने कामलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले षोषणयुक्त खाद्यन्न सबै नागरिकलाई सहज ढंगले उपलब्ध गराउने विषयलाई नयाँ संविधानमा मौलिक हकको रुपमा उल्लेख गरेको पनि स्मरण गराउनु भयो । आयोगकी सदस्य झाले संयुक्त राष्ट्र संघले घोषणा गरेको दीगो विकास लक्ष्य हासिल गर्न पनि नेपालले पोषणसहित नागरिकहरुको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विषयको उचित व्यवस्थापनमा विशेष जोड दिएको पनि स्पष्ट पार्नु भयो । नेपालमा अहिले पनि कुपोषणको शिकार हुने बालबालिकाहरुको संख्या उल्लेख्य छ । उनीहरुलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउन राज्यले विभिन्न कार्यक्रम संचालन गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *