Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > नयाँ ब्यापार शुल्क लागू नगर्ने अमेरिका र चीनबीच सहमति

नयाँ ब्यापार शुल्क लागू नगर्ने अमेरिका र चीनबीच सहमति

अमेरिका र चीन दुई देशबीच सम्वादको वातावरण बनाउन ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न सहमत भएका छन । दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङ पहिलो पटक अर्जेन्टिनाको राजधानीमा भेट भएको हो । जी २० सम्मेलनपछि भएको भेटमा नयाँ ब्यापार शुल्क लागू नगर्ने सहमति भएको अमेरिकाले जनाएको छ । चीनले भने जनवरी एकबाट कुनै पनि नयाँ ब्यापार शुल्क नथप्ने सहमति भएको बताएको छ ।अमेरिकाले २०० बिलियन डलर बराबरको चिनियाँ सामानमा जनवरी १ बाट २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । जबकी यो हाल १० प्रतिशत मात्र छ । त्यसको बदलामा चीनले पनि ११० बिलियन डलर बराबर अमेरिकी सामानमा शुल्क लगाउने घोषणा गरेको थियो । यसले ‘ब्यापार युद्ध’को छनक दिएको थियो । तर, जी २० सम्मेलनका क्रममा दुई देशका राष्ट्रपतिबीच भेट भएसँगै सम्वाद सुरु भएको छ । हृवाइट हाउसका अनुसार चीन अमेरिकाबाट कृषि, ऊर्जा लगायतसँग सम्बन्धित महत्वपूर्ण सामाग्री खरिद गर्न सहमत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *