Saturday, January 18, 2025
Home > मुख्य समाचार > नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

जनकपुर, २८ मंसिर । नक्कली नागरिकता बेच्ने गिरोहका चारजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली नागरिकता, राहदानी, मृत्युदर्ता, जन्म दर्ता, बसाइँ सराईको प्रमाणपत्र बनाउने गरिएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा बस्ने ३९ वर्षीय रोशनकुमार चौधरी, धनुषा औरही गाउँपालिका डा नमबर ५ बस्ने ४९ वर्षीय गंगा साह, रौतहट दुर्गा भगवति गाउँपालिका वडा नमबर ४ घर भई हाल जनकपुर उपमहानगरपालिका ४ बस्ने हेमन्त्कुमार पाण्डे, जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ बस्ने जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षिय महाविर मण्डल छन् । प्रहरीले रोशनकुमार चौधरीको डेरा गरि बस्ने कोठामा विभिन्न व्यक्तिहरुको नक्कली नागरिकता, विवाह, जन्म र मृत्यु दर्ता, बसाई सराईको प्रमाण बनाउने कार्य गरेको भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको नामको नेपाली नागरिकता प्रमाणपत्र, सादा नाम नभरेको नेपाली नागकिरताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय धनुषाको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडा अध्यक्षको छाप, विवाह दर्ता,जन्म दर्ता,मृत्यु दर्ता, सहितको प्रमाणपत्रहरुको ठेली, नागरिकताको अनुभुति फारमको ठेली, नेपाली नागरिकतामा टाँस हुने होलोग्राम, नगद १ लाख ५३ हजार बरामद गरिएको धनुषका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो । प्रशासनकै कतिपय कर्मचारीको मिलोमतो रहेको आशंकामा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *